समाचार

मनहरीमा गैँडाको आक्रमणबाट एक घाइते

Banner

हेटौँडा, फागुन १७-

मकवानपुरको मनहरी गाउँपालिका–६ खयरघारी मरुङगेमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

आज दिउँसो घाँस काट्ने क्रममा सोही स्थानका ३५ वर्षीय रामदिनेश कुशवाह गैँडाको आक्रमणबाट घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

स्थानीय मरुङगे तालस्थित ब्रह्मदेवी लामिदमार मध्यवर्ती सामुदायिक (खण्ड ग) वनमा घाँस काट्ने क्रममा आक्रमणबाट कुशवाह घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । उपचारका लागि उहाँलाई भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>