अन्तर्राष्ट्रिय

टर्कीसँग ४० वर्षको सशस्त्र सङ्घर्षपछि पिकेकेद्वारा युद्धविरामको घोषणा

Banner

इस्तानबुल, फागुन १७-

टर्कीको जेलमा रहेका नेता अब्दुल्लाह ओकालानको अनुरोधपछि कुर्द लडाकू समूह ९पिकेके०ले शनिबार टर्कीसँग युद्धविरामको घोषणा गरेको छ ।

चार दशकभन्दा बढी समयदेखि टर्कीसँग लडेपछि यसै हप्ता कुर्दिस्तान वर्कर्स पार्टी ९पिकेके० को विघटनको घोषणा गर्दै ओकालानले नेता तथा कार्यकर्तालाई हतियार बिसाउन आग्रह गर्नुभएको होे ।

पिकेके कार्यकारी समितिले ओकलानलाई उद्धृत गर्दै भनेको छ, “नेता अपोको शान्ति र लोकतान्त्रिक समाजका लागि आह्वानको कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्न हामी आजदेखि लागू हुने गरी युद्धविरामको घोषणा गर्दैछौं ।”

उत्तरी इराकमा मुख्यालय रहेको समितिले भनेको छ, “हामी पिकेके विघटनको आह्वानको विषयसँग सहमत छौँ र यसलाई अनुसरण र कार्यान्वयन गर्नेछौँ ।”
“आफ्नोसमूहमाथि आक्रमण नभएसम्म हाम्रा कुनै पनि सेनाले सशस्त्र कारबाही गर्ने छैनन्,” विज्ञप्तिमा भनिएको छ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनद्वारा आतंकवादी समूह घोषित पिकेकेले सन् १९८४ देखि कुर्दहरूको लागि एक मातृभूमि बनाउने उद्देश्यले विद्रोह गरेको छ । पिकेकेले टर्कीको आठ करोड ५० लाख जनसङ्ख्याको लगभग २० प्रतिशत हिस्सा ओगटेको छ।

सन् १९९९ मा ओकालान जेलमा परेदेखि नै करिब ४० हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको रक्तपात अन्त्यका लागि विभिन्न प्रयासहरू भएका छन् ।

ओकालानसँग उहाँलाई राखिएको टापुको एक जेलमा धेरै पटकको बैठकपछि कुर्द समर्थक डीईएम पार्टीले बिहीबार पिकेकेलाई आफ्ना हतियारहरू बिसाउन र संगठनको विघटनको घोषणा गर्न एक सम्मेलन बोलाउन अपिल गरेको थियो।

पिकेकेले शनिबार ओकालानले चाहेअनुसार सम्मेलन आयोजना गर्न तयार रहेको तर त्यसका लागि उपयुक्त सुरक्षित वातावरण सिर्जना गर्नुपर्ने र ओकालानले व्यक्तिगत रूपमा निर्देशन र सम्मेलनको सफलताका लागि नेतृत्व गर्नुपर्ने बताएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>