देश/प्रदेश

रिङ्कुको परिवारलाई भेटेर दाहालले भने: न्याय दिलाउन पहल गर्छु

Banner

सिराहा, फागुन १७-

हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई(मधेस जागरण अभियानका क्रममा शुक्रबार साँझ सिराहा आइपुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शनिबार बिहान बलात्कारपछि मृत्यु भएकी भनिएकी नवराजपुर–१ की रिङ्कु सदायको परिवारसँग भेटघाट गरेका छन्।

रिङ्कुका बुवा बिजुल सदासहित पीडित परिवारसँग न्याय दिलाउन पहल गर्ने आश्वासन दाहालले दिएका छन्। घटनामा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने दाहालले पीडित परिवारलाई ढाड्स दिए।

रिङ्कुको माघ २७ गते राति घर नजिकै परिचित युवाहरूले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>