अन्तर्राष्ट्रिय
प्रधानमन्त्रीको आदेशमा असन्तुष्टि जनाउँदै बेलायती मन्त्रीद्वारा राजीनामा
०

काठमाडौँ, फागुन १६-
बेलायतकी विकास मन्त्री एनेलिस डोड्सले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केयर स्टार्मरले रक्षा खर्च बढाउन वैदेशिक सहायतामा कटौती गर्न दिएको आदेशको विरोध गर्दै राजीनामा दिएको उनको भनाइ छ।
यसले बेलायती सहायताको सहारामा बाचिरहेका धेरै व्यक्ति प्रभावित हुन उनको तर्क छ। ‘अन्ततः यी कटौतीहरूले निराश मानिसहरूबाट खाना र स्वास्थ्य सेवा हटाउने छन्,’ डोड्सले भनेकी छन्।
स्टार्मरले मंगलबार बेलायतको रक्षा खर्चलाई सन् २०२७ सम्ममा अर्थव्यवस्थाको २ दशमलव ५ प्रतिशत प्रतिशतमा पुर्याउने प्रतिबद्धता जनाएका थिए। तर विदेशी विकास बजेटलाई जीडीपीको ० दशमलव ५ प्रतिशतबाट ० दशमलव ३ प्रतिशतमा कटौती गर्न उनको आदेश थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























