देश/प्रदेश
प्रेस चौतरी नेपालको महाधिवेशनको सर्यो
०

काठमाडौँ, फागुन १६-
प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको मिति सरेको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिनुभयो । यसअघि फागुन २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।
उहाँका अनुसार पूर्वनिर्धारित समयमा प्रदेश र जिल्ला अधिवेशन सम्पन्न हुन नसकेको कारण महाधिवेशनको मिति सार्नु परेको हो । उहाँले प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनलाई श्रमजीवी पत्रकारहरुको उत्सवका रुपमा सम्पन्न गर्ने बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























