देश/प्रदेश
सशस्त्र प्रहरीको इन्स्पेक्टरमा भर्ना खुला
०

काठमाडौं, फागुन १६-
सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, कानुन उपसमूह र साधारण समूह, लेखा उपसमूहतर्फका पदहरूमा भर्ना खुला गरिएको छ ।
सशस्त्र प्रहरी बल अन्तर्गतको मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा हलचोकले आज एक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी दिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक (कानुन उपसमूह)मा ८ जना र सशस्त्र प्रहरी निरीक्षक (लेखा उपसमूह)तर्फ २० जनाका लागि भर्ना खुला गरिएको हो ।
योग्यता पुगेका नेपाली नागरिकले चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























