देश/प्रदेश
गएरातिको भूकम्पपछि २३ भन्दाबढी परकम्प गयो, परकम्प आउने क्रम जारी
०

काठमाडौं, फागुन १६-
सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज बिहान २ः५१ बजे गएको भूकम्पको परकम्प गइरहेको छ ।
बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । उनका अनुसार परकम्प आउनेक्रम जारी छ ।
“२.३ देखि ३.८ म्याग्निच्युडसम्मको परकम्प गइरहेका छन्,” भूकम्पविद् कोइरालाले भने, “सानासाना परकम्प आउनेक्रम जारी छ ।”
गोरखा भूकम्पको परकम्प गएकाले सानासानो ‘आफ्टर सक’ आइरहने उनले बताए ।
गएराति सिन्धुपाल्चोकको भैरव कुन्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























