खेलकुद

कप्तान एन्जिला तुुम्बापो सुब्बाले मागिन् माफी

Banner

काठमाडौं, फागुन १५-

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नेपाली फुटबल समर्थकहरूसँग माफी मागेकी छन् ।

बिहीबार एन्जिलाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै चारदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा म्यानमारसँग पराजित भएकोमा माफी मागेकी हुन् ।

उनले लेखेकी छिन्, “हामी फाइनलमा पुग्यौँ तर चुक्यौँ । कप्तानको रूपमा म सबै समर्थकसँग माफी माग्न चाहन्छु ।”  “मैदानमा उपस्थित १६ हजार दर्शक र सधैँ हामीलाई माया गर्ने करोडौँ समर्थकहरू हामीले तपाईंहरूले अपेक्षा गरेको नतिजा दिन सकेनौँ,” उनले लेखेकी छन्, “कृपया खेलाडीहरूलाई आलोचना नगर्नुस् । हामी सबैले आफ्नो मिहिनेत गरेका छौँ,” उनी लेख्छिन्, “नतिजा जस्तो भए पनि तपाईंहरूको सम्पूर्ण प्रशंसनीय छ । निरन्तर अगाडि बढ्नुहोस् ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>