अर्थ वार्ता
उच्च रेकर्ड बनाएको सुनको मूल्य आज ८०० रुपैयाँले घट्यो
०

काठमाडौं, फागुन १४-
नेपाली बजारमा हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार (आज) सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँको कारोबारको रेकर्डलाई मंगलबार तोडेको थियो ।
यसदिन चाँदीको मूल्य ३० रुपैयाँ घटेर एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























