काठमाडौँ
पशुपति आसपासका सडकमा सवारी जाम

काठमाडौं, फागुन १४-
पशुपतिनाथ क्षेत्र आसपासका सडकमा सवारी जाम भएको छ । महाशिवरात्रि पर्व बुधबार गौशाला, तिलगंगा, पशुपति, रातोपुल, बत्तीसपुतली, पुरानो बानेश्वर, मित्रपार्क, चाबहिल, गौरीघाट लगायतका सडकमा जाम लागेको भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयकुमार राउतले सवारी जाम भएको बताए । “आज महाशिवरात्रिका दिन सवारी जाम बढेको छ । बिहान सहज रूपमा सवारी आवागमन भइरहेको थियो । तर, अहिले सवारी जाम छ,” उनले भने ।
ठमाडौंका अन्य सडकहरूमा भने सवारी आवागमन सामान्य छ ।
तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारीसाधनलाई निषेध गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार गौशाला चोकमा भिडभाड धेरै भइ सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रूटमा चल्ने सवारीलाई वैकल्पिक मार्गको प्रयोग गर्न लगाइनेछ । फाइल तस्बिर