देश/प्रदेश

लोकप्रियको ‘सुनुवार भाषा सिकौँ’ विमोचन

Banner

काठमाडौँ, फागुन १४-

सुनुवार भाषा र साहित्यका जानकार लोकप्रिय सुनुवारद्वारा लिखित ‘सुनुवार भाषा सिकौं’ अर्थात् ‘कोइँचलो ः शैँसै’ पुस्तकको विमोचन भएको छ । लेखक सुनुवारको ७४ औँ जन्मदिवसको अवसरमा मङ्गलबार यहाँ आयोजित एक कार्यक्रममा उक्त पुस्तक विमोचन भएको हो । लेखक र उहाँकी छोरी मनोरमाले पुस्तकको विमोचन गर्नु भएको हो । यसअघि उहाँका छ पुस्तक प्रकाशन भएका छन् ।

विमोचित पुस्तकले सुनुवार भाषा सिक्न सघाउने छ भने भाषा, लिपीसमेतको ज्ञान लिन चाहने सुनुवार समुदायलाई सहयोग मिल्ने लेखक सुनुवारले बताउनुभयो । विसं।२००८ सालमा खिजी चण्डेश्वरी, ओखलढुङ्गामा जन्मनु भएका सुनुवार कुइँच सुनुवार भाषा, संस्कृति र संस्कृतिविद्का रुपमा परिचित हुनुहुन्छ । उहाँ गोरखापत्र संस्थानबाट प्रकाशित सुनुवार भाषा पृष्ठको संयोजक पनि हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>