खेलकुद

केपी ओली कप फुटबलमा आज पनि दुई खेल हुँदै

Banner

काठमाडौं, फागुन १३-

केपी ओली कप च्याम्पियनसिप फुटबलमा मंगलबार पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी तथा दोस्रो खेलमा मच्छिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा बिहान साढे ११ बजे एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् ।

मच्छिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेल पनि एन्फा कम्प्लेक्समै हुनेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

हिजो भएको दुइ खेलमा केपी एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>