देश/प्रदेश

स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको तोषिमाको आरोप

Banner

काठमाडौँ, फागुन १२-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाएकी छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाएकी हुन् । उनले भनिन्, ‘स्वास्थ्य बीमाको सिमालाई पाँच लाख पुर्‍याएँछु भन्ने महत्वकांक्षी सपना बाढ्नु हुने स्वास्थ्यमन्त्रीबाट नै अब यो भुक्तानि गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिएको अभिव्यक्ति सुनेर अचम्म लाग्यो । चल्ने बेला चाहीँ स्वास्थ्य बीमा हामीले ल्यायौं भनेर जस लिन खोज्ने अनि नचल्ने बेला यसलाई अलपत्र पारेर वर्षौंसम्म यसलाई हतोत्साहि बनाउने बानी राम्रो भएन । यसका लागि सल्ला दिन सल्लाहकार पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सल्लाह दिन तयार छौं । स्वास्थ्य बीमा शुरु गरौं मन्त्रीज्युका परिवार र मन्त्रालयबाटै गरौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>