देश/प्रदेश

केपीजी मेहनती र कर्मठ व्यक्तिः राधिका शाक्य

Banner

काठमाडौं, फागुन १०-

प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी तथा प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री ओलीप्रति लगाइने आरोपहरू निराधार भएको बताएकी छन्। राजधानीमा आयोजित आफ्नो ‘करुण’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली मेहनती र कर्मठ व्यक्ति भएको स्पष्ट पारिन्

‘कतिपयले उहाँलाई लाञ्छना लगाउँछन्। मलाई लाग्छ, यस्ता कुरा गरेर हाम्रो दिमागलाई त्यसमा अल्झाउनु हुँदैन। यसले आफैँलाई हानी पुर्‍याउँछ,’ उनले भनिन्।

प्रधानमन्त्रीलाई अल्छी भन्नेहरू गलत भएको उनको दाबी छ। ‘उहाँलाई मन नपराउनेहरूले भन्छन्— उहाँ एक अल्छी व्यक्ति हो, एउटा सिन्को पनि सार्दैनन्। मैले पनि यस्ता कुरा सुनेकी छु। तर, म भन्न चाहन्छु— उहाँ धेरै काम गर्ने व्यक्ति हो। हिजो बिहानदेखि आज बिहान ४ बजेसम्म उहाँ निरन्तर काममा व्यस्त हुनुहुन्थ्यो। अब उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय रु मेरो विचारमा उहाँजस्तो सक्रिय व्यक्ति सायदै विश्वमै होला,’ शाक्यले भनिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>