देश/प्रदेश

जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा

Banner

काठमाडौँ, फागुन १०-

एक हप्तापछि फागुन ८ गते ओमानबाट फर्केकी परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा आज साँझ जेनेभा प्रस्थान गर्ने भएकी छिन् ।

फागुन १२ गते १४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्र मानव अधिकार परिषद्को ५८ औँ उच्चस्तरीय बैठकमा भाग लिन उनी आज त्यसतर्फ जाने भएकी हुन् ।
परराष्ट्रमन्त्री राणााले उक्त बैठकलाई फागुन १२ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आफ्नो भ्रमण क्रममा उनले आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्र संघका एजेन्सी र अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री राणाले २०२७–२०२९ कार्यकालका लागि संयुक्त राष्ट्र मानव अधिकार परिषद्‍मा नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूसँग समर्थन पनि माग्ने छिन् ।

उनी फागुन १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>