घटना -दुर्घटना
महाकुम्भबाट फर्किने क्रममा गोरखपुरमा गाडी दुर्घटना,चार जनाको मृत्यु, सात घाइते
०

जनकपुरधाम, फागुन १०-
महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
नम्बर खुल्न नसकेको स्कार्पियो शुक्रबार अबेर राति भारतको यूपी राज्यअन्तर्गत गोरखपुर लिंक रोडमा उक्त दुर्घटना भएको हो । ट्रयाक्टरको पछाडिको ट्रलीमा स्कारर्पियो ठोक्किएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा सप्तरीको कंचनरूप नगरपालिका ७ की लिलावती चौधरी र परसुराम चौधरी र वडा नम्बर ५ की हरिहर देवीको मृत्यु भएको छ । मृतक एकजनाको नाम खुल्न नसकेपनि उनी सप्तरीकै रहेको बुझिएको छ ।
उनीहरु स्कार्पियोमा सवार थिए । सोही गाडीमा सवार उपेन्द्र यादव, लालू देवी, जीतू यादव र मुकेया यादवसहित ७ जना घाइते भएका छन् । उनीहरुलाई प्रहरीले जिल्ला अस्पताल पठाएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























