विजनेश
एलएस अटोको नयाँ कार लन्च हुँदै, भरतपुरमा ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ हुने

चितवन, फागुन ७-
एलएस अटोले आफ्नै ब्राण्डको नयाँ इभी कार एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी गरेको छ । एलएस अटोको आधिकारीक विक्रेता नेक्सन भेच्नर प्रालिले भरतपुरको सिजिआर रिसोर्टमा यहि फागुन ९ र १० गते नयाँ कारको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ गर्ने भएको छ । उक्त क्याम्प बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ ।
विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नलोजी अन्तर्गतको एलएस अटो एक नयाँ इनर्जी भेहिकल कम्पनी हो । यसले विगत २५ वर्ष देखि विभिन्न ब्राण्डको अटोमोवाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा ट्रयाल प्रडक्सन जस्ता सम्पूर्ण काम गर्दै आएको छ । कम्पनीले आफ्नै अटोमोवाइल ब्राण्डको इभी तयार गरेको हो । संघाइ लन्च अटोमोटिभले चिनमा अटोमोवाइल मात्र होइन हाइस्पीड रेलवे, हेलीकप्टर डिजाइन सम्ममा सम्मिलित रहेको छ ।
यो कम्पनीको जियाङसी प्रोभियन्समा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको आफ्नै फ्याक्ट्री रहेको छ । कम्पनीले युरोपियन बजार लक्षित गर्दै टर्किमा समेत उत्पादन प्लान्ट बनाउँदै छ । कम्पनीले अहिलेसम्म नेपाल लगायत मोरिसस, टर्कि, इजीप्ट, नाइजेरिया, कजाकिस्थान लगायत ११ देशमा आफ्नो उपस्थिती जनाइसकेको छ ।
एलइभी सिरीज
कम्पनीले पहिलो मोडलको रुपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रीक एसयूभी हो । एलएस अटोको सन् २०२५ मा थप दुई मोडलहरु एलईभी ०३ र एलईभी ०५ लन्च हुदैछ । यी कारहरु एलएचएस र आरएचएस दुबै अप्सनमा बन्ने भएकोले छिटै नेपालमा समेत आउनेछन् । एलईभी ०३ एक प्रिमियम क्रसओभर इलेक्टीक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो ।
एलएस अटोले बनाएको पहिलो मोडल एलईभी ०१ नेपाल भित्रिसकेको छ । नेपालको लागि नेक्सन भेन्चर आधिकारीक वितरक नियुक्ती भएसँगै एलएस अटोको एलईभी ०१ नेपाल भित्रिएको हो । स्ट्याण्डर्ड र कम्फर्ट गरि दुई भेरियन्टमा भित्रीयको एलईभी ०१ मा ६७.१ किलोवाट आवरको व्याट्रीप्याक रहेको छ । यो इभीमा ९९ किलोवाटको फ्रन्टह्वील डाइभ मोटर रहेको छ । यो मोटरले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।
एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । प्योर इलेक्ट«ीक प्ल्याटफर्म एलईभी एक्समा बनेको यो इभीमा व्याट्रीप्याक पोजीसन साइड बडिभन्दा अझै माथि रहेको छ । यसको व्याट्रीप्याक र ग्राउण्ड बिचको दुरी २२१ एमएमको रहेको छ । एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन भएको यसको व्याट्रीप्याक अन्य इभीहरुमा जस्तो ह्याङगीङ्ग भएको जस्तो बाहिरबाट देखिदैन । एस भोल्टको व्याट्री एनसीएम तथा व्लेडव्याट्री भन्दा ८ प्रतिशतले बढि दक्ष रहेको छ । चीनको लिडिङ डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ । यसको ड्रयाग कोफिसीयन्ट इलेक्ट्रीक एसयूभीहरुमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ । यो इभीले एक पटकको फुल चार्जमा ५००ं किलोमिटर सम्मको रेन्ज दिन्छ ।
प्रिमीयम डिजाइन रहेको एलईभी ०१ मा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने रियरमा सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ । लेदरेट स्टेरिङ ह्वील तथा सीटकभर, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बीयन्ट लाइट, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्टसिट, लग्जरी क्याविन स्पेश, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्टुमेन्टल क्लस्टर, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता फिचर रहेको छ । सुरक्षाका लागि यो इभीमा १० वटा एयरव्याग, इबीडी, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबीलीटी कन्ट्रोल, क्रूजकन्ट्रोल, अटोहोल्ड, हिलअसिस्ट कन्ट्रोल आदि फिचर रहेको छ ।