खेलकुद

भारतलाई हराउँदै नेपाल बन्याे च्याम्पियन

Banner

काठमाडौं, फागुन ४-

राइभल भारतविरुद्ध २१–१७ को जित निकाल्दै नेपाल थ्री बाइ थ्री अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिताको च्याम्प्यिन बनेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहलमा सम्पन्न प्रतियोगिताको विजेता नेपालले १ हजार २०० अमेरिकी डलर र उपविजेता राइभल भारतले ४०० अमेरिकी डलर प्राप्त गरे।

विजय बुर्जाको कप्तानीमा रहेको नेपाली टोलीमा मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगर थिए। निकेश प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले २५० अमेरिकी डलर प्राप्त गरे।

फ्रिडम ग्लोबल नेटवर्क र राइभल नेसन्सले आयोजना गरेको प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान सहभागी थिए। डबल राउन्ड रोबिनमा सञ्चालित प्रतियोगिताको शीर्ष दुईमा रहँदै नेपाल र भारतले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

विजेतालाई नेपाल भलिबल संघका अध्यक्ष भीमसिंह गुरुङलगायतले पुरस्कृत गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>