क्रिकेट
क्यानले माग्यो नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन
०

काठमाडौं, फागुन ३-
नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको छ । क्यानले शनिबार एक जारी सूचना जारी गर्दै यही फेब्रुअरी २८ सम्म आवेदन दिन आग्रह गरेको हो ।
आवेदन दिने व्यक्ति ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता प्राप्त हुनुपर्नेछ। साथै, कम्तीमा ५ वर्षको प्रशिक्षण अनुभव र एसोसियट राष्ट्रको क्रिकेट गतिविधिबारे जानकार हुनुपर्ने उल्लेख छ। भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता नवीकरण नभएसँगै क्यानले नयाँ प्रशिक्षकका लागि आवेदन मागेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























