देश/प्रदेश

देशभरका आश्रम र गुरुकुललाई वितरण गरियो देवघाट महोत्सवमा संकलन भएको खाद्यान्न

Banner

चितवन, फागुन ३

नेपालका एक मात्र महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजको प्रमुख उपस्थितिमा महामहोत्सवको समापन गरिएको छ । देवघाट महामहोत्सवमा श्रद्धालु भक्तजनहरूले दान गरेका खाद्यान्न तथा जिन्सी सामग्रीलाई व्यवस्थित रूपमा संकलन भएको थियो ।

सामाग्री विभिन्न गुरुकुल तथा आश्रमलाई वितरण गरिएको छ । महामहोत्सवमा संकलित खाद्यान्न तथा अन्य सामग्रीहरूको दुरुपयोग हुन नदिन विशेष सावधानी अपनाइएको थियो।सामग्रीहरू ४ देखि ६ महिनासम्म पुग्ने गरी आवश्यक मात्रामा वितरण गरिएको हो । महामहोत्सवमा श्रद्धालुहरूले चढाएको र दान गरेको चामल, तेल, आलु, नुन, आटा लगायतका दैनिक उपभोग्य वस्तुहरू हरिहर आश्रम, महेश आश्रम, कल्याणी गुरुकुल, गार्गी कन्या गुरुकुल, रामजानकी गुरुकुल, रुपानुगा परा विद्धापीठ, सिद्धेश्वर गुरुकुल (मलेखु), मानव सेवा आश्रम, वागेश्वरी गुरुकुल, गौशाला लगायतका ५० औ धार्मिक तथा सामाजिक संस्थाहरूमा पठाइएको छ ।सामग्रीहरू ४ देखि ६ महिनासम्म पुग्ने गरी आवश्यक मात्रामा वितरण गरिएको हा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>