देश/प्रदेश
ग्यास विस्फोट घटनाः मृतकको संख्या तीन पुग्यो, सातको अवस्था ‘गम्भीर’
०

काठमाडौं, फागुन २-
काठमाडौंको कमलादीस्थित सानदार मःम पसलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीज पुगेको छ । माघ २४ बिहान करिब ८ः५० बजे ग्यास चुहावट भई आगलागी हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा आज (शुक्रबार) दिउँसो साढे १ बजे प्रजित लामाको मृत्यु भएको हो ।
पसलमा आगलागी हुँदा घाइते भएका अरू सातजनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैजनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न डा. विशाल कार्कीले जानकारी दिए । यसअघि, माघ २८ गते राति दुईजनाको मृत्यु भएको थियो । त्यहाँ आगलागीमा परी ११ जना घाइते भएका थिए ।