देश/प्रदेश

परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान

Banner

काठमाडौं, फागुन २-

परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार ओमन प्रस्थान गरेकी छन्।

शुक्रबारदेखि फेब्रुअरी २० सम्म ओमनको राधजानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी हुन्।

परराष्ट्र सचिव अमृतबहादुर राई र परराष्ट्रका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बिदाइ गरेका थिए।

उनी ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको निमन्त्रणामा त्यसतर्फ गएकी हुन्।

सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको सम्मेलनमा मन्त्री राणाले नेपालका तर्फबाट सहभागिता जनाउने छिन्।

मन्त्री राणाले यस सम्मेलनको वैश्विक ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्नेसम्बन्धी सत्रलाई सम्बोधन गर्नेछिन्।

यस भ्रमणका क्रममा मन्त्री राणाले ओमनका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री एवं अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता हुनेछ। फेब्रुअरी २० मा स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>