Breaking News

मलाई कांग्रेस-एमालेले होइन, भ्रष्टाचारी, बिचौलिया र भूमाफियाहरूले प्रधानमन्त्रीबाट हटाएका हुन्ः प्रचण्ड

Banner

काठमाडौँ, फागुन २-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्रीबाट कांग्रेस(एमालेले नभई बिचौलियाहरूले हटाएको टिप्पणी गरेका छन्। शुक्रबार (आज) दोलखाको जिरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘तपाईंहरूलाई लागेको होला कि प्रचण्डलाई माओवादीको सङ्ख्या कम भएर कांग्रेस एमालेले हटाए भनेर। तर, मलाई हटाउन कांग्रेस र एमालेका नेताहरूले भन्दा पनि भूमाफिया, बिचौलिया, दलालहरूले हटाएका हुन्। मैले गरेको कामको कारण आफ्नो भविष्य अँध्यारो देखेपछि कांग्रेस-एमालेका नेताहरूलाई आफ्नो घर, होटल बोलाएर प्रचण्डलाई हटाइएन भने तपाईंहरू पनि र हामी पनि सकियौँ भनेर भनेपनि मलाई हटाइयो, उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>