देश/प्रदेश
कुटपिटबाट सुधार केन्द्रमा एकको मृत्यु, ७ जना प्रकाउ

बारा, फागुन २-
बारामा मध्यरातमा सुधार केन्द्रभित्रै कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुन स्थापना केन्द्रमा मध्यरातमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, बाराका एसपी सन्तोष तामाङका अनुसार सुधार केन्द्रमा राति २ बजे कुटपिट हुँदा कलैया उपमहानगरपालिका–९ का धिरेन्द्र भनिने प्रदिप प्रसाद मण्डलको निधन भएको छ ।
कुटपिटपछि घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएपनि चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । कुटपिटमा संलग्न अन्य ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया–४ का २२ वर्षीय निरज सरार्फ, कलैया–६ का २० वर्षीय राहुल भनिने महमद आँशु मिया, कलैया–१ का २४ वर्षीय अरुण सरार्फ, कलैया–२ का २१ वर्षीय प्रमेश्वर साह, कलैया–३ का २९ वर्षीय तमन्ना अली र कलैया–१ का १९ वर्षीय सागर गुप्ता रहेका छन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।