अन्तर्राष्ट्रिय
भारतको मणिपुरमा राष्ट्रपति शासन लागू

नयाँदिल्ली,फागुन १-
भारतको मणिपुर राज्यमा आजदेखि राष्ट्रपति शासन लागू भएको छ। मुख्यमन्त्री एन बीरेन सिंहले राजीनामा दिएपछि यस्तो अवस्था आएको हो। सिंहको राजीनामा पछि कसैले पनि मुख्यमन्त्रीमा दावी नगरेपछि राष्ट्रपति शासनको अनुमान गरिएको थियो। उक्त राज्यमा २०८३ वैशाखदेखि हिंसा चर्किएको छ।
मैतेई र कुकी समुदायबीच भयंकर हिंसा हुने गरेको छ। मैतेईहरू हिन्दू हुन् भने अधिकांश कुकीहरू इसाई धर्म मान्छन्। उक्त हिंसामा २५० भन्दा बढी व्यक्तिको ज्यान गएको छ। भारतीय समाचार संस्था पीटीआईका अनुसार सिंहलाई भाजपा विधायकले नै समर्थन गर्न छोडेका थिए।
भारतमा राष्ट्रपति शासन लगाउनु भनेको राज्य सरकारलाई निलम्बन गरी केन्द्र सरकारका तर्फबाट प्रत्यक्ष शासन लागू गर्नु हो। कुनै राज्यमा कानूनी व्यवस्था विफल भएपछि राष्ट्रपति शासन लगाइन्छ। राष्ट्रपति शासन लागू भएपछि राज्य सरकारका सबै काम केन्द्र सरकार र राज्य विधानमण्डको काम संसद्मा हस्तान्तरण हुन्छन्। प्रदेश तहमा उच्च अदालत मात्रै बाँकी रहन्छ।