अन्तर्राष्ट्रिय

मानिसहरु भीडमा घुस्यो कार, कम्तीमा १५ जना घाइते

Banner

जर्मनी, फागुन १-

जर्मनीको म्युनिख सहरमा एक कारले मानिसहरु समूहलाई ठक्कर दिँदा कम्तीमा १५ जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटना भएको ठाउँमा ठूलो संख्यामा उद्धार टोली खटिएको छ।

प्रहरीले घटना म्युनिखको डाखाउर स्ट्रासे क्षेत्रमा भएको जनाएको छ। प्रारम्भिक विवरणअनुसार गाडीको ठक्करबाट १५ जना घाइते भएका छन्, तर यो संख्या अझै पुष्टि हुन बाँकी छ।

चालकलाई घटनास्थलमै नियन्त्रणमा लिइएको छ भने अहिले कुनै थप खतरा नरहेको प्रहरीले जनाएको छ। यो घटना आक्रमण थियो वा दुर्घटना भन्ने विषय स्पष्ट हुन बाँकी छ।

यसैबीच, म्युनिख सेक्युरिटी कन्फरेन्स शुक्रबारदेखि सुरु हुँदैछ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आजै म्युनिख आउने कार्यक्रम रहेको छ।

विस्तृत जानकारी आउन बाँकी। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>