देश/प्रदेश

केयू उपकुलपति : १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक

Banner

काठमाडौं, माघ ३०-

काठमाडौं विश्वविद्यालय केयूको उपकुलपतिका लागि अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरिएको छ । छनोट समितिले केयूको उपकुलपतिका लागि आवेदन दिएका २० जनामध्येबाट वर्णानुक्रम अनुसार १० जनाको सूची सोमबार सार्वजनिक गरेको हो ।

सर्ट लिस्टमा प्राध्यापक डाक्टरहरू अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा परेका छन् ।

छनोट समितिले उनीहरुमध्येबाट ३ जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्ने छ । आगामी फागुन २ र ३ गते अन्तर्वार्ता हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>