देश/प्रदेश

थुलुङ दुधकोशीमा ​सार्वजनिक बिदा

Banner

सोलुखुम्बु माघ ३०- 

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।गाउँपालिकाले मंगलबार विज्ञप्ति जारी गरेर फागुन १ गते बिहीबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो ।

प्रस्तुत विषयमा यस गाउँपालिकाको मिति २०८१।१०।२३ गते बसेको गाउँ कार्यपालिकाको निर्णयअनुसार मिति २०८१ फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा यस थुलुङ दुधकोशी गाउँपालिकाको कार्यालय तथा मातहतका सबै सरकारी कार्यालय, संघ(संस्था तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदीप राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>