देश/प्रदेश

बाबुको हत्याको आरोपमा छोराबुहारीसहित ६ जना पक्राउ

Banner

इलाम, माघ ३०-

बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोराबुहारी सहित ६ जनालाई प्रकाउ गरेको छ । इलामको सुर्योदय–११ का ५१ वर्षीय धनराज राईको हत्या गरेको आरोप प्रहरीले छोरा २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रमिती (बुहारी) २६ वर्षीया मालती तामाङ, सुर्योदय–११ कै २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, सोही ठाउँका २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई प्रकाउ गरेको हो ।

इलामका डीएसपी मानबहादुर राईका अनुसार माघ २८ गते दिउँसो ११ बजेतिर धनराज मृत फेला परेको भन्दै प्रहरीलाई खबर आएको थियो । आफ्नै घरको भुईंतलामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

करिब ८ महिनादेखि छुट्टै बस्दै आएका छोराबुहारीसँग हत्याको एक साता अघि पनि अम्रिसो बेच्ने विषयमा विवाद भएको अनुसन्धानका क्रममा खुलेको छ ।

त्यसपछि अम्रिसो किन्न खोज्ने समूहकै व्यक्ति प्रयोग गरेर धनराजको हत्या गरिएको खुलेको डीएसपी राईले भने । पक्राउ परेका चार जना धनराजको घरमा अम्रिसो किन्न भनेर गएका व्यक्ति हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>