नवलपरासी
नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार
०

नवलपरासी,माघ २९-
पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार गरिएको छ । मंगलबार नदीमा हाम फालेकी ३५ वर्षीय अनिता हरिजनको सशस्त्र प्रहरी बलले उद्धार गरेको हो । उनले त्रिवेणी ब्यारेजबाट नारायणी नदीमा हाम फालेकी थिइन् ।
सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमान्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरेको हो । उद्धारपश्चात् उनलाई उपचारको लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको जनाइएको छ ।