समाचार

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

Banner

काठमाडौं, माघ २९-

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी तीन प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हुस्सु कुहिरो र हिमपातका कारण पर्नसक्ने असरप्रति सचेतना अपनाउन महाशाखाले सुझाव दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>