देश/प्रदेश

हमासले अब बन्धक रिहा नगर्ने, इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप

Banner

काठमाडौं, माघ २९-

हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ। इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ स्थगित गर्न लागेको हो।

हमासको सशस्त्र शाखाका एक प्रवक्ता अबु ओबेदाले इजरायलले आफ्नो दायित्व पूरा नगरेसम्म रिहाइ अगाडि नबढ्ने बताए। हमासले विस्थापित प्यालेष्टिनीलाई फर्काउन ढिलाइ गरेको, मानिसहरूमाथि गोली चलाएको र गाजामा मानवीय सहायता प्रवेश गर्न नदिएको आरोप लगाएको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जलेले हमासको यो घोषणालाई ‘युद्धविराम सम्झौताको पूर्ण उल्लंघन’ भनेका छन्। रक्षामन्त्रीले इजरायल रक्षा बललाई गाजामा हुने कुनै पनि सम्भावित परिस्थितिको लागि उच्चतम स्तरको सतर्कतामा तयार रहन र समुदायहरूको सुरक्षा गर्न आदेश दिएका छन्।

इजरायलमा थुनामा रहेका थप प्यालेस्टिनी कैदीहरूको बदलामा गाजामा बन्दी बनाइएका तीन जनालाई शनिबार रिहा गर्ने तय भएको थियो। जनवरी १९ मा युद्धविराम शुरु भएदेखि ५६६ कैदीको बदलामा १६ इजरायली र पाँच थाई बन्धक रिहा गरिएको थियो।

तीन हप्ताको अवधिमा युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा, ३३ बन्धक र १ हजार ९०० कैदी रिहा हुने अपेक्षा थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>