समाचार

रविसहित चार जनालाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता

Banner

काठमाडौँ, माघ २८-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई पुर्पक्षका लागि धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राख्न मागसहित उच्‍च अदालत पाटनमा निवेदन दायर भएको छ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको कसुरमा धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण रहेको भन्दै उच्च सरकारी वकिलले आइतबार उच्च अदालत पाटनमा निवेदन दायर गरेको हो।

रवि लामिछानेसहित निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा, वर्तमान कर्जा उपसमिति सदस्य कमल लामा र गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक छविलाल जोशीविरूद्ध निवेदन दायर भएको हो।

जिल्ला अदालत काठमाडौंले रविलामिछानेसँग ६० लाख, छविलालसँग ५० लाख, सुनिता नेवासँग ४ लाख र कमल लामासँग ३ लाख धरौटी माग गरेको थियो। उनीहरू उक्त धरौटी तिरेर छुटिसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>