खेलकुद
डडेल्धुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफी
०

काठमाडौं, माघ २८-
अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनशिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा फ्रेन्ड्स युथ क्लव डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । बलरलाई सहयोग गरेको पीचमा अत्तरियाले निर्धारित २० ओभरमा ११८ रन जोड्यो । तल्लो क्रमका ब्याटर रासिद खानले २१ बलमा ३१ रन बटुल्दै टीमलाई दयनीय स्थितिबाट उकासेका थिए ।