देश/प्रदेश
विवाहमा विवाद हुँदा युवकको मृत्यु, दुईजना प्रकाउ
०

बाँके, माघ २७-
बाँकेमा विवाहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विवाद हुँदा बैजनाथ–८ का २५ वर्षीय दिनेश रोकायाको मृत्यु भएको हो ।
यसतै दिनेशको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–२ का ३५ वर्षीय रामबहादुर राना र बैजनाथ–६ का १७ वर्षीय एक किशोर रहेका छन् ।
माघ २५ राति बैजनाथ–८, बिचलाईनस्थित विवाह कार्यक्रममा विवाद हुँदा उनीहरूले दिनेशसहित ६ जनामाथि कुटपिट गरेका थिए । कुटपिटबाट दिनेश गम्भीर घाइते भएका थिए ।
कोहलपुरस्थित मेडिकल कलेजमा प्राथमिक उपचारपछि उनलाई भारतको लखनऊ पठाइएको थियो । त्यहाँ उपचारका क्रममा आज (आइतबार) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























