अपराध

धनगढीमा विद्यालयबाट फर्किँदै गर्दा किशोरी बलात्कृत

Banner

कैलाली, माघ २७-

धनगढीमा विद्यार्थी बलात्कृत भएकी छन् । स्थानीय विद्यालय कक्षा ७ मा अध्ययनरत किशोरीमाथि गत बिहीबार साँझ बलात्कार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीलाई एक किशोरले आफ्नै घरमा लगेर बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले धम्क्याउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।

‘हामीले शनिवार मात्र घटनाबारे जानकारी पाएका हौँ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कबिन्द्रसिंह बोहराले भने, ‘किशोरीमाथि घरमै बलात्कार गरेको आरोप छ । आरोपित युवक फरार छन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>