देश/प्रदेश

खेतमा घाँस काटिरहेकी महिलाको चितुवाको आक्रमणबाट मृत्यु

Banner

रुपन्देही, माघ २५-

बर्दियामा खेतमा घाँस काटिरहेकी एक महिलाले चितुवाको आक्रमणबाट मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नं ७ तारातालकी ५१ वर्षीया जुनाकुमारी लामिछानेको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

भारतीय सीमा नजिकै आफ्नै खेतमा घाँस काटिरहेको अवस्थामा अचानक आक्रमण गर्दा उनको घाँटीमा चोट लागेको थियो । तत्काल उद्धार गरी उपचारका लागि बर्दिया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्तिमगरले जनाएका छन्।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>