देश/प्रदेश
त्रिकोणात्मक श्रृंखलामा नेपाल जितविहीन, उपाधि थाइल्यान्डलाई
०

काठमाडौं, माघ २५-
घरेलु मैदानमा आयोजित त्रिकोणात्मक महिला टी २० श्रृंखलामा नेपाल जितविहीन बनेको छ । अन्तिम खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्यान्डले उपाधि कब्जा गर्यो ।
दुवै टीम ४ जितसहित ८ अंकको अवस्थामा थिए । आजको जितसँगै थाइल्यान्डले १० अंक पुर्याएको छ । ६ वटै म्याच हारेको नेपालले एक अंक पनि जोड्न सकेन ।
आजको खेल थाइल्यान्डले एकतर्फीरूपमा जित्यो । नेपालका कुनै पनि ब्याटरले थाइल्यान्डको बलिङको प्रतिरोध गर्न सकेनन् । ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । कप्तान इन्दु बर्माले १० र कविता जोशीले १ छक्कासहित १४ रन जोडे । डेब्यू गर्ल राजमती ऐरी १४ बलमा ११ रन जोडेर अविजित रहिन् ।