देश/प्रदेश
कुटिए ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट
०

काठमाडौँ, माघ २५-
काठमाडौंको ठमेलमा दुई जना प्रहरीमाथि कुटपिट भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार क्युआरटी (क्विक रेस्पोन्स टिम) को रूपमा खटिएका दुई जनामाथि कुटपिट भएको हो।
गएराति प्रहरी वृत्त दरबारमार्गबाट प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्ट मोटरसाइकलमा खटिएका थिए। सोहीक्रममा सडकमा अपशब्द बोल्दै हिँडिरहेकालाई सम्झाइबुझाइ गर्न खोज्दा प्रहरीमाथि नै कुटपिट गरेको पाइयो एसपी बोहराले बताए । कुटपिटबाट प्रहरी हवल्दार घर्तीको टाउको र छातीमा चोट र दायाँ गाला सुन्निएको छ। यस्तै जवान विष्टको दायाँ आँखा मुनि सुन्निएको छ।
यस्तै कुटपिट गर्नेहरू अस्कल क्याम्पस पढ्ने विद्यार्थीहरू रहेको खुलेको छ। प्रहरीले सिसिटिभीको माध्यमबाट खोजी गरिरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























