देश/प्रदेश
युवतीसँग होटलमा बसेका युवक मृत फेला
०

काठमाडौं, माघ २५-
झापामा एक युवक मृत फेला परेका छन् । झापाको बिर्तामोड नगरपालिका-४ स्थित एभरेष्ट होटल एण्ड लजमा युवतीसँग होटलमा बसेका युवक मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दका अुनसार हिजो (बिहीबार) राति ११ बजेतिर हल्दिबारी गाउँपालिका-१ गोलधाप बस्ने ३० वर्षीय सागर बेस्रा र सुनसरीको धरान उपमहानगरपालिका-१५ घर भई कन्काई नगरपालिका-७ दुर्गापुर बस्ने २३ वर्षीय मुना विक होटलमा सँगै बसेका थिए। सागर शौचालयको ढोका छेउमा लडेको अवस्थामा भेटिएका थिए।
मुना र होटल सञ्चालक यामकुमारी उप्रेतीले सागरलाई उठाएर बिर्तासिटी अस्पतालमा लगिएको थियो। तर १ः३५ बजे मृत्यु भएको चिकित्सकले बताएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























