देश/प्रदेश

झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा खसेर बेपत्ता भएको दुईमध्य एकको शव फेला

Banner

सुर्खेत, माघ २४-

सुर्खेतमा निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा खसेर बेपत्ता भएको दुई जनामध्ये एक जनाको शव भेटिएको छ। हिजो (बुधबार) बिहान निर्माणाधीन पुलको लट्ठा बाँध्ने क्रममा रूकुम पूर्वका दुई जना कामदार भेरी नदीमा खसेर बेपत्ता भएका थिए।

नदीमा खसेका रूकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर भेरी नदीमा खसेर बेपत्ता भएका थिए ।

आज (बिहीबार) दिउँसो सशस्त्र प्रहरीको गोताखोर टोलीले २४ वर्षीय अनिलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>