देश/प्रदेश
नुवाकोटमा मोटरसाइकल जोगाउँदा बस दुर्घटना, एकको मृत्यु
०

काठमाडौँ, माघ २३-
नुवाकोट बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ । उनलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका छन् । मोटरसाइकललाई जोगाउने क्रममा बस भित्तामा पुगेर ढुंगामा जोतिएर दुर्घटना भएको घटनास्थलमै रहेका एक प्रहरीले जानकारी दिए ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























