देश/प्रदेश

नुवाकोटमा मोटरसाइकल जोगाउँदा बस दुर्घटना, एकको मृत्यु

Banner

काठमाडौँ, माघ २३-

नुवाकोट बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ । उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका छन् । मोटरसाइकललाई जोगाउने क्रममा बस भित्तामा पुगेर ढुंगामा जोतिएर दुर्घटना भएको घटनास्थलमै रहेका एक प्रहरीले जानकारी दिए ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>