देश/प्रदेश

मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु

Banner

रौतहट, माघ २३-

बाग्मती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ । सरस्वतीको मूर्ति सेलाउने क्रममा रौतहटको राजदेवी नगरपालिका-६ मा रहेको वाग्मती नदीमा डुब्दा युवकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायका अनुसार नदीमा डुब्दा राजदेवी-७ मुडवलवाका २२ वर्षीय सुरज यादवको बेपता भएका थिए ।

मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए । उनको शव आज (बुधबार) बिहान उनी डुबेकै स्थानमा फेला परेको रायले बताए ।

मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको डीएसपी रायले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>