देश/प्रदेश

विपिनको सुरक्षित रिहाइका लागि हरसम्भव प्रयास भइरहेको छः इजरायली राष्ट्रपति

Banner

इजरायल, माघ २३-

इजरायलका राष्ट्रपति इज्याक हर्जोगले हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र घर फिर्तीका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्।

इजरायलका लागि नेपाली राजदूत प्रा धनप्रसाद पण्डितसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति हर्जोगले यो कुरा बताएका हुन्। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार राष्ट्रपति हर्जोगसँग राजदूत पण्डितको मंगलबार साँझ कुराकानी भएको थियो।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘टेलिफोन कुराकानीमा अन्य कुराकानीका अलावा राष्ट्रपति हर्जोगले हमासद्वारा बन्दी बनाइएका अन्यका अलावा नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र घर फिर्तीको सक्दो प्रयास गरिरहेको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>