Breaking News
दुई दिनमा प्रतितोला ४ हजार १ सयले बढ्यो सुनको मूल्य
०

काठमाडौँ, माघ २३-
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका हिजो (मंगलबार) १ हजार ९ सयले बढेको सुनको मूल्य आज पनि प्रतितोला २ हजार २ सय रुपैयाँ बढेको हो। योसँगै दुई दिनमा सुन प्रतितोला ४ हजार १ सयले बढेको छ ।
आज सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार नौसय रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ६४ हजार सातसय रुपैयाँ थियो।
यस्तै यो साताको तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य हिजो र आज उल्लेख्य मात्रामा बढेको हो।