समाचार
जीवनरामको नेतृत्वलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले दिएन मान्यता
०

काठमाडौं, माघ २३-
नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल एसिया (ओसी)ले मान्यता दिन अस्वीकार गरेको छ ।
नेपाल ओलम्पिक कमिटीले आईओसीकै रोहबरमा विधान संशोधन गर्दै अनलाइनमार्फत निर्वाचन गरेको दाबी गरेपनि त्यसमा आईओसी र ओसिएले नै उल्टै प्रश्न उठाएको छ।
सर्वोच्च अदालत, नेपाल सरकारको निर्देशन र अन्तराष्ट्रिय ओलम्पिक कमिटीको स्वीकृति बिना नै जीवनराम श्रेष्ठले पुस १३ गते अनलाइनमार्फत निर्वाचन गरी आफू तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका थिए।
तर एनओसीको विशेष साधारण सभा र गत महिना सम्पन्न भएको निर्वाचनकै विषयमा कानुनी प्रश्न उठेकाले त्यो विषयमा अन्तिम टुङ्गो नलागेसम्म आइओसी र ओसिएले नयाँ कार्यसमितिलाई मान्यता दिइनसकेको प्रष्ट पारेको छ।