Breaking News

महिला टि-२० त्रिकोणात्मक श्रृंखला-नेपालको लगातार चौंथो हार, उपाधि होड समाप्त

Banner

काठमाडौं, माघ २२-

त्रिकोणात्मक महिला टि-२० सिरिजमा नेपालले लगातार चौंथो हार व्यहोरेको छ । आज थाइल्यान्डसँग ५ रनको हार व्यहोरेसँगै नेपालको उपाधि होड समाप्त भयो ।

टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले ६ विकेट क्षतिमा १०६ रन जोडेको थियो । जवाफी ब्याटिङमा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र जोड्न सक्यो ।

नेपालले ८ रनमै चार विकेट गुमाएर दयनीय सुरुवात गरेको थियो । तर, मध्यक्रममा पूजा महतो, रुबिना क्षेत्री, रोमा थापा र कविता जोशीले नेपाललाई खेलमा फर्काएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>