अन्तर्राष्ट्रिय

कुम्भ स्नान गर्न भुटानी राजा भारतमा

Banner

काठमाडौं,माघ २१-

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक सोमबार भारत आइपुगेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी उत्तर प्रदेशको लखनउ आइपुगेका हुन्। उनले मंगलबार प्रयागराजमा जारी कुम्भमेलामा स्नान गर्नेछन्।

भुटानका राजालाई लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे। यस क्रममा मेयर सुष्मा खरकवाल, प्रमुख सचिव (गृह) सञ्जय प्रसाद, डीजीपी प्रशान्त कुमार, लखनउका जिल्ला मजिस्ट्रेट विशाख र अन्य अधिकारी पनि उपस्थित थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>