क्रिकेट

यूृ-१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् पूजा

Banner

काठमाडौं,माघ २१-

यु-१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो पनि परेकी छन् । आईसीसीले मलेसियामा आइतबार सकिएको यू(१९ विश्वकपमा सहभागीमध्ये उत्कृष्ट १२ खेलाडीको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा नेपालकी कप्तान पूजा अटाएकी हुन् ।

पूजाले उक्त विश्वकपमा ७० रनसहित ९ विकेट लिएकी थिइन् । सूचीमा भारतका ४ खेलाडी समावेश छन् । दक्षिण अफ्रिकाका ३, इङ्ग्ल्याण्डका २, श्रीलंका र अस्ट्रेलियाका १-१ खेलाडी सूचीमा अटाएका छन् ।  भारतबाट गोंगडी तृषा, जी कमलिनी, आयुषी शुक्ला र वैष्णवी शर्मा छन् । दक्षिण अफ्रिकाका जेम्मा बोथा, कायला रेनेके र न्थाबिसेङ निनि, इङ्ग्ल्याण्डका डेभिना पेरिन, कटिइ जोन्स, श्रीलंकाकि चामोदी प्रबोद र अस्ट्रेलियाकि काइम्हे ब्रेउ पनि टोलिमा समेटिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>