खेलकुद

यु-१९ महिला टी-२० विश्वकप: भारतलाई लगातार दोस्रो पटक उपाधि

Banner

काठमाडौँ, माघ २१-

भारतले लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला टी २० विश्वकप क्रिकेटको उपाधि जितेको छ।

आइतबार कुआलालम्पुरस्थित बयूमास ओवल मैदानमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै भारतले उपाधि यात्रा कायम राखेको हो।

दक्षिण अफ्रिकाले जितका लागि दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११।२ ओभरमै मात्र १ विकेटको क्षतिमा पूरा गर्‍यो।

लक्ष्य पछ्याउने क्रममा भारतले उत्कृष्ट सुरुवात गर्‍यो। जी कमलिनी र गोंगाडी तृषाले पहिलो विकेटका लागि ४.३ ओभरमा ३६ रनको साझेदारी गरे। कमलिनी ८ रन बनाएर कायला रेनेकेको बलमा सिमोन लरेन्सलाई क्याच दिँदै आउट भइन्।

त्यसपछि गोगाडी तृषा र सानिका चाल्केले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई जितसम्म पुर्‍याए। तृषाले ८ चौकाको मद्दतमा ३३ बलमा अविजित ४४ रन बनाइन् भने चाल्के २२ बलमा नटआउट २६ रनको योगदान दिइन्।

बलिङ तर्फ कायला रेनेकेले ४ ओभरमा १४ रन खर्चिदै एक विकेट लिइन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित ओभरमा सबै विकेट गुमाएर ८२ रन बनाएको थियो। कमजोर ब्याटिङ गरेको साउथ अफ्रिकाका लागि माइक भान ब्रष्टले सर्वाधिक २३ रन बनाएकी थिइन्।

जिमा बोथाले १६, फे कावलिङले १५ र काराबो मेसोले १० रन बनाए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।

भारतका लागि गोंगाडी तृषाले सर्वाधिक ३ विकेट लिइन्। त्यस्तै, वैष्णवी शर्मा, परुणिका सिसोदिया र आयुषी शुक्लाले समान २-२ विकेट लिए। सबनम शाकिलको नाममा एक विकेट रह्यो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>